वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
शनिबार, १६ फागुन, २०८२,
Pathari Update
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक नर बहादुर कार्की, सहायक प्रधानाध्यापक धुर्ब कटुवाल र व्यवस्थापन समिति सदस्य डिल्लीराम गौतमले विद्यालय तथा विद्यार्थीहरूको शिक्षण शिकाई एवम् अतिरिक्त कृयाकलापहरूमा सकृय सहभागिता जनाउन प्रोत्साहन गर्ने किसिमका कृयाकलापहरूका बारेमा स्पस्ट पार्नुभएको थियो ।
सो असरमा विद्यालयले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अंक ल्याउने नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई ट्रफी प्रदान गरी प्रोत्साहन गरिएको थियो। साथै स्कुल टपर (जुनियर तथा सिनियर), अनुशासन, तीनै तहका सरसफाइमा उत्कृष्ट तथा वर्षभरि नियमित उपस्थित विद्यार्थीलाई पनि ट्रफीद्वारा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।
एसईई २०८१ मा सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थी सोहन ठकुरी र उनका अभिभावकलाई विशेष सम्मान गरिएको थियो। यसै अवसरमा पूर्व शिक्षकहरू विवेक न्यौपाने, केसिका दर्जी, मिना भट्टराई, डिल्लिमाया बस्नेत, बिशखा कार्की र किरण कार्की लाई सम्मान गरिएको थियो।
अभिभावक दिवस अन्तर्गत आयोजित मनोरञ्जनात्मक खेलतर्फ कुर्सी दौड (महिला) मा रमिता देउजा, अञ्जना दाहाल र तुलसा बस्नेत पुरस्कृत भए। पुरुषतर्फ छेलो खेलमा रोहन दाहाल र उमेश रानामगर, हण्डी फोर खेलमा अम्बिका बस्नेत तथा शिक्षकहरूको कुर्सी दौड प्रतियोगितामा रोमन खड्का, आकृति पौडेल र सुनिला राई पुरस्कृत भएका थिए।
कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति प्रस्तुत गर्दै वार्षिकोत्सवलाई थप उल्लासमय बनाएका थिए।
पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ । शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...
पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...
मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...
काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...
पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ । आज वडा नं. ३ को...
पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ । आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...
पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...
पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...
पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...