पथरी अपडेट पथरी। राष्ट्रिय वृक्षारोपण दिवस तथा लाहा खेती प्रवद्र्धन अभियानअन्तर्गत पथरीशनिश्चरे–१० मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेतीको विधिवत सुरुवात गरेको छ। शनिबार सम्पन्न विशेष कार्यक्रममा वनको खण्ड–१ मा लाहा उत्पादनका लागि आवश्यक होस्ट प्लान्ट–सेमिया लत्ता र कुसुमका बिरुवा रोपिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय मानबहादुर लिम्बुले सामुदायिक वनले आत्मनिर्भरतातर्फको नयाँ यात्रा थालेको उल्लेख गर्दै लाहा खेतीलाई आर्थिक रुपान्तरणको महत्वपूर्ण उपायका रूपमा बताए । “अब वन केवल हरियालीको स्रोत मात्र होइन, आम्दानीको केन्द्र बन्ने सम्भावना बोकेको छ,” उनले भने ।
विशिष्ट अतिथि प्रदेशसभा सदस्य माननीय गिता तिम्सिनाले सामुदायिक वनले परम्परागत सोचबाट बाहिर निस्कँदै लाहा खेतीजस्ता नविन प्रयासमार्फत आर्थिक समृद्धिको यात्रा प्रारम्भ गरेको बताइन ्। “वन उपभोक्ताको सक्रिय सहभागिता र मेहनतले यो क्षेत्रबाट राम्रो आम्दानी सम्भव छ,” तिन्सिनाले भनिन् ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाका अनुसार कार्यालयको प्राविधिक सहकार्यमा यो वर्ष ३ हेक्टर क्षेत्रमा लाहा खेती विस्तार गरिएको छ– २ हेक्टरमा पशुपति सामुदायिक वन र १ हेक्टरमा महिला जागृति सामुदायिक वनमा। “यो दीर्घकालीन आम्दानीको भरपर्दो विकल्प हो,” उनले उल्लेख गरे ।
कार्यक्रममा लाहा विशेषज्ञ डम्बर विश्वकर्माले लाहाको वैज्ञानिक पक्षबारे जानकारी दिँदै भने, “सिमाया बिततब र क्अजभिष्अजभचब यभियकब रूखमा हुर्काइने लाहा कीराबाट प्राप्त हुने प्राकृतिक गोंद वातावरणमैत्री र जैविक हुन्छ, जसको व्यापारिक मूल्य निकै उच्च छ ।”
वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले लाहा खेतीले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिन सक्ने बताउँदै वैदेशिक रोजगारीको बाध्यता हटाउने समाधान यही हो भने। महासंघ मोरङकी सचिव सिता चौहान रायमाझीले लाहा खेतीले महिलाहरूको आत्मनिर्भरता र सशक्तीकरणमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरिन ्।
कार्यक्रममा उपाध्यक्ष बालकुमार ठाडा मगरले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको अध्यक्षता समूह अध्यक्ष पुष्पराज शाहीले गरेका थिए। संचालन विवेक न्यौपानेले गरेका थिए। कार्यक्रममा नगरभित्रका ११ वटा सामुदायिक वनका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि तथा उपभोक्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ । शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...
पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...
मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...
काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...
पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ । आज वडा नं. ३ को...
पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ । आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...
पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...
पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...
पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...