वंगुरपालक कृषकलाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न, ६ फर्मलाई अनुमति पत्र

वंगुरपालक कृषकलाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न, ६ फर्मलाई अनुमति पत्र

 Pathari Update

पथरी अपडेट
पथरी। पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा वंगुरपालक कृषक र सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा वंगुर पालनसम्बन्धी फाम व्यवस्थापन र जैविक सुरक्षाका विषयमा जानकारी दिइएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मोहन प्रसाद तुम्वापो, विशेष अतिथिका वडा नं. ७ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेत शाखा प्राविधिक गणेशप्रसाद सिवाबोटी, पशु प्राविधिक लक्ष्मीकुमारी घिमिरे, कर्मचारी भेसप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रमाणपत्र वितरण पछि ।

कार्यक्रममा पशुपालन फामहरूलाई आवश्यक जैविक सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण गरिएको थियो । साथै, उत्कृष्ट अभ्यास अपनाएका ६ वटा वंगुर फामलाई ‘पशुपालन असल अभ्यास अनुमतिपत्र’ प्रदान गरिएको छ । वडा नं. १०, विरेन्द्र टोलकाे अस्मी कृषि फाम, वडा नं. ९ काे असर्फि कृषि फाम, वडा नं. ६ काे मोती एकीकृत कृषि फाम, वडा नं. २ काे शान्ता वंगुर फाम, करूणा वंगुर कृषि फाम, दर्पण एग्रो फामलाई नगरप्रमुख मोहन प्रसाद तुम्वापोले प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्वापोले पशुपालन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजान नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो,
“पशुपालन व्यवसायलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउँदै लैजान यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछन् । अनुमति पत्र प्राप्त कृषकहरूलाई बधाई र आगामी दिनमा अझ व्यवस्थित फाम सञ्चालन गर्न शुभकामना व्यक्त गर्दछु ।”

adv-single
सम्बन्धित समाचार

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...

पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी विविध विषयमा छलफल

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...

यम बुद्ध छात्रवृत्ति कोष स्थापना गर्न डा. सुनिल शर्माको १० लाख सहयोग

मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...

रास्वपा र बालेन्द्र शाहबीच वृहत् एकता सहमति

काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...

पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ

पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ ।  आज वडा नं. ३ को...

वडा नं. ५ र ६ मा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’

पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ ।  आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...

नगर उप–प्रमुख काफ्लेद्वारा न्यानो कपडा वितरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...

नगरपालिकाद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...

डिटेल एजुकेशन कन्सल्टेन्सीले गर्यो पिआर चलचित्रकी नायिका कार्कीलाई स्वागत सम्मान 

पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...

नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...