पथरी शनिश्चरेमा पथरी ११ फुटबल क्लबको प्रधान कार्यालय उद्घाटन

पथरी शनिश्चरेमा पथरी ११ फुटबल क्लबको प्रधान कार्यालय उद्घाटन

 Pathari Update

पथरी अपडेट
पथरी। राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालय स्थापना गरेको छ । शनिबार बिहान पथरी शनिश्चरे वडा नं. १ स्थित शिखर चोकमा एक विशेष कार्यक्रमका बीच उक्त कार्यालयको उद्घाटन गरिएको हो ।


उद्घाटन समारोह संघीय सांसद तथा पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बु, कोशी प्रदेश सांसद मानबहादुर लिम्बु, र पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्वापोले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यलयकाे गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद लिम्बुले खेलाडीहरूले अनुशासन, गतिशीलता र प्रतिबद्धता कायम राख्दै खेल क्षेत्रको विकासमा योगदान गर्नुपर्ने बताए । उनले नेपालजस्तो सुन्दर देशका खेलाडीहरूले खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने सम्भावना रहेको उल्लेख गरे । पछिल्लो समय विभिन्न खेल विधामा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय सफलता हात पारिरहेको उल्लेख गर्दै उनले भावी पिँढीलाई थप प्रेरणा लिन आग्रह गरे ।

नगरप्रमुख तुम्वापोले पथरी शनिश्चरे नगरपालिकाले प्रत्येक वर्ष खेलकुद महोत्सवका माध्यमबाट विभिन्न खेल प्रतियोगिताहरू आयोजना गर्दै आएको जानकारी दिए । उनले पथरी ११ एफसीले नगरभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरी खेल क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गरे । साथै, नगरमा बुद्धिचाल प्रतियोगिता समेत सञ्चालन हुँदै आएको जानकारीसमेत दिए ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता पथरी ११ एफसीका अध्यक्ष सुमन विकले गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...

पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी विविध विषयमा छलफल

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...

यम बुद्ध छात्रवृत्ति कोष स्थापना गर्न डा. सुनिल शर्माको १० लाख सहयोग

मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...

रास्वपा र बालेन्द्र शाहबीच वृहत् एकता सहमति

काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...

पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ

पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ ।  आज वडा नं. ३ को...

वडा नं. ५ र ६ मा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’

पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ ।  आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...

नगर उप–प्रमुख काफ्लेद्वारा न्यानो कपडा वितरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...

नगरपालिकाद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...

डिटेल एजुकेशन कन्सल्टेन्सीले गर्यो पिआर चलचित्रकी नायिका कार्कीलाई स्वागत सम्मान 

पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...

नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...