पथरी अपडेट
पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित सहिद रत्न मार्ग (कालोपत्रे)को औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको छ ।
आज एक औपचारिक कार्यक्रमका बीच रिबन काटी नगर प्रमुख तुम्वापोले सो मार्गको उद्घाटन गर्नुभएको हो । प्रमुख तुम्वापोले विगत तीन वर्षदेखि निरन्तर सहित रत्न मार्ग खण्डमा संघीय सरकारबाट क्रमागत बजेट र पथरी शनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा साढे ३ किलोमिटर सडकमा कालेपत्रे गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता नविन कार्की, वडा सदस्यद्वय चन्द्रकुमार राई (सिके), सिता दर्जी, पूर्व वडाध्यक्ष याम गुरागाई, राजनीतिक दलका प्रतिनिधिहरु, नगरका इन्जिनियर हसरत अलि नेपाल, इन्जिनियर सन्तोष केसी, सञ्चारकर्मीहरु र वडावासीहरूको उपस्थिति रहेको थियो ।