मोरङमा पहिलो पटक पंजालडाई प्रतियोगिता, को-को बिजयी बने ?
शनिबार, १४ भदौ, २०८२,
Pathari Update
पथरी । मोरङको पथरी शनिश्चरेमा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता सम्पन्न भएको छ । शनिबार वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२’ भव्य रुपमा सम्पन्न गरिएको हो ।
कार्यक्रम जिम हलका सञ्चालक लोक तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । संयोजक विशाल बर्देवाले स्वागत मन्तव्य दिँदै प्रतियोगिताबारे विस्तृत जानकारी दिएका थिए । प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईबीचको पञ्जा लडाइँबाट प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको थियो ।
उद्घाटन सत्रमा बोल्दै सुस्लिङले परम्परागत रूपमा मेलापातमा रमाइलोका लागि खेलिने पञ्जा लडाइँ पहिलो पटक प्रतियोगितात्मक रूपमा सुरु भएकोमा खुशी व्यक्त गरे । उनले नेपालमा यो खेल अझै खेल सङ्घ–संस्थाले औपचारिक मान्यता नदिए पनि युवाबीच लोकप्रिय हुँदै गएको बताए । त्यस्तै वडा नं. ७ का वडाध्यक्ष उद्धब बस्नेतले युवा पुस्तालाई दुव्र्यसनीबाट टाढा राख्न यस्ता गतिविधिले ठूलो योगदान गर्ने उल्लेख गर्दै परम्परागत खेललाई निरन्तरता दिन वडाबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सुमन कुरुङबाङले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ८ का अध्यक्ष नविन कार्की, वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, समाजसेवी गंगा साँवा, भागिरथ मावि व्यवस्थापन समिति अध्यक्ष पर्शुराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा तीन तौल समूहका प्रतिस्पर्धीबीच प्रतिष्पर्धा गरिएको थियो । प्रतियोगितामा ०–५५ केजी समूह नारायण सुन्दास प्रथम, आर्यन श्रेष्ठ दोस्रो, उजन तामाङ तेस्रो भए । त्यस्तै ५५–६५ केजी समूहमा विश्वास थापा प्रथम, सुजन विश्वकर्मा दोस्रो, प्रवेश लिम्बु तेस्रो र ६५–७५ केजी समूह मौशम लिम्बु प्रथम, सुमन लिम्बु दोस्रो, शुक्र विश्वकर्मा तेस्रो घोषित भए । विजेताहरूले क्रमशः ५, ३ र २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
पञ्जा लडाई अझै औपचारिक खेलको रूपमा स्थापित नभए पनि पछिल्लो समय विभिन्न जिल्लामा यसको आकर्षण बढ्दै गएको छ । काठमाडौं उपत्यकामा केही वर्षयता फिटनेस क्लबहरूले अन्तर–जिल्ला प्रतियोगिता आयोजना गर्दै आएका छन् । पोखरा, चितवन, धरान र इटहरीमा समेत यस खेलका प्रतिस्पर्धा हुँदै आएका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भने अझै यो खेल दर्ता भइसकेको छैन ।
पथरी अपडेट। नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ को सहसचिव पदमा युवा नेता गोविन्द लिम्बुले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका लिम्बु लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् । नेपाली विद्यार्थी संघको...
पथरी अपडेट । लोकप्रिय लोक गायक महेश बुढाथोकीले आफ्नो गृह नगर पथरी शनिश्चरेको सिरमा विराजमान भुल्के जालपा देवीलाई समर्पित नयाँ भजन सार्वजनिक गरेका छन । स्थानीयवासीको धार्मिक आस्था र विश्वाससँग जोडिएको भुल्के जालपा देवीको महिमालाई...
मोरङ। नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता नविन खड्का ‘केडी’ यसपटक पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन । मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे ८ का...
पथरी शनिश्चरे, मोरङ । पथरी शनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयमा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको...
पथरी अपडेट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थापना कालदेखि नै सक्रिय रहेका लोकबन्धु खत्री (लोकेन्द्र) आगामी स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षासहित सक्रिय भएका छन् । पथरी शनिश्चरे–८ का...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरेस्थित सिडलिङ मन्टेसरी विद्यालयमा इच्छुक तथा मन्टेसरी शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरूका लागि ६० घण्टे मन्टेसरी शिक्षक प्रशिक्षण सञ्चालन हुने भएको छ । शिक्षण पेशामा प्रवेश गर्न चाहने, आफ्नो...
विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पहिलोपटक वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा केही वर्षअघि सुरु गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । वडा नं. ८ का तीन वटा विद्यालयमा सञ्चालन...
पथरी अपडेट। पूर्वी नेपालको युवा टोलीले सीमित स्रोत–साधन र स्थानीय जनशक्तिको भरमा निर्माण गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो कथा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मोरङका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले हल प्रदर्शनपछि डिजिटल माध्यममा दर्शकमाझ आफ्नो...
पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ । शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...
पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...