पथरी शनिश्चरे : “मेयरमय” दशैं, भावि मेयरको बहस

पथरी शनिश्चरे : “मेयरमय” दशैं, भावि मेयरको बहस

 Pathari Update

पथरी । देशभरि दशैंको रौनक छाएको बेला मोरङको पथरी शनिश्चरे नगर भने ‘मेयरमय’ बनेको छ । यहाँ दशैंभन्दा बढी चर्चा वर्तमान मेयर र भावी मेयरको हुन थालेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजि आन्दोलनमा घर तोडफोड र आगजनीपछि मेयर मोहनप्रसाद तुम्बापोले सुरक्षाको कारण देखाउँदै राजीनामा दिएका थिए । तर अहिले उनको पुनर्बहाली हुने कि नहुने भन्ने विषयले नगर राजनीति तातेको छ । नगरको चोकचोकमा, भेला–सभा र सामाजिक सञ्जालमा यही विषयको बहसले प्राथमिकता पाएको छ । नगरमा बहसको प्रमुख एजेन्डा नै मेयरको विषय बनेको छ।

मेयर तुम्बापो स्वयंले भने अझै पनि कार्यालय फर्कने घोषणा गरेका छैनन् । हिजो (बिहीबार) उनले सामाजिक सञ्जालमार्फत राजीनामा अझै स्वीकृत नभएको स्पष्ट पारे । उनले लेखे , “राजीनामा स्वीकृत भएपछि १ मिनेट पनि पदमा बस्दिनँ। तर म पदमा रहँदा जनताको सेवामा निष्ठा र इमानदारीका साथ काम गरेको छु, एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन।” यही कारणले नगरवासीको ठूलो हिस्साले उनलाई काममा फर्केर पुनः जिम्मेवारी सम्हाल्न आग्रह गरिरहेको छ । उनको राजिनामा स्वीकृत हुन्छ वा अस्विकृत ; कहिलेदेखि कार्यालय हाजिर भएर काममा फर्कन्छन त्यो भने हेर्न बाँकि नै छ ।

यो दशैंमा पथरी शनिश्चरे ‘मेयरमय’ बन्नुको दोस्रो कारण भने भावि नेतृत्वको चर्चाले हो । नगरमा यतिबेला भावि मेयरको लागि ३ जना युवा वडा अध्यक्षहरुको चर्चा चुलिएको छ । यसले पथरी शनिश्चरेमा अर्को “मेयरमय” बहस सुरु गरेको छ। नगरको भावी नेतृत्वमा तीन जना युवा वडा अध्यक्षको चर्चा चुलिएको छ। वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपाने, वडा नं ८ का अध्यक्ष नविनजंग कार्की र वडा नं २ का अध्यक्ष नैना राई। वडामा जनमुखी काम, सिर्जनात्मक योजना र सुविधामूलक सेवा गर्दै आएका यी तीनै जना नेतृत्वले स्थानीयको मन जितेका छन् ।

लोककिरण न्यौपाने रातदिन , साँझबिहान नभनि जनताको बीचमै बसेर काम गर्ने बानीका कारण वडामा लोकप्रिय छन् । नविनजंग कार्की युवाशक्ति र आधुनिक सोचसहित योजनाबद्ध काम गर्दै आएका छन् भने नैना राईले वडावासिको जिवनस्तर उकास्न विभिन्न सिर्जनात्मक कामहरु र विकासका नविनतम मोडलहरु प्रयोग गर्दै आफ्नो वडालाई उदाहरणीय बनाई रहेका छन् । यही कारणले नगरवासीले अब आउने चुनावमा यी तिनजना मध्ये कुनै एकलाई मेयर बनाउने अठोट गर्न थालेका छन्।

यसरी, दशैंको रमझमले देशभरि माहोल सजाइरहेका बेला पथरी शनिश्चरे भने मेयर र भावी नेतृत्वको बहसले अझै बढी रंगिन बनेको छ ।

adv-single
सम्बन्धित समाचार

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...

पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी विविध विषयमा छलफल

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...

यम बुद्ध छात्रवृत्ति कोष स्थापना गर्न डा. सुनिल शर्माको १० लाख सहयोग

मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...

रास्वपा र बालेन्द्र शाहबीच वृहत् एकता सहमति

काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...

पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ

पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ ।  आज वडा नं. ३ को...

वडा नं. ५ र ६ मा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’

पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ ।  आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...

नगर उप–प्रमुख काफ्लेद्वारा न्यानो कपडा वितरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...

नगरपालिकाद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...

डिटेल एजुकेशन कन्सल्टेन्सीले गर्यो पिआर चलचित्रकी नायिका कार्कीलाई स्वागत सम्मान 

पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...

नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...