लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान
शुक्रबार, २० मंसिर, २०८२,
Pathari Update
लेटाङ । लेटाङ नगरपालिकाले नगरको पहाडी क्षेत्रका युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको छ । नगरपालिकाले खासगरि वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ को पहाडी क्षेत्रका बाख्रापालक कृषकहरुको समस्या समाधान गर्ने उद्देश्यका साथ त्यसक्षेत्रका १० जना युवायुवतीहरुलाई १ महिने ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको हो ।
नगरपालिकाले सूचना प्रकशित गरि १० जना युवायुवती छनौट गरेर पशु सेवा तालिम केन्द्र दुहवीमा पठाएर कार्तीक १६ गतेदेखि मंसिर १९ गतेसम्म खाना बस्न सहित १ महिने तालिम प्रदान गरेको योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो ।
शुक्रबार तालिम लिएका युवायुवतिहरुलाई प्रमाणपत्र प्रदान गरि तालिमको समापन गरिएको छ । पशु सेवा तालिम केन्द्र दुवहीका कार्यालय प्रमुख कुमारसिंह खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा उपप्रमुख कृष्णकुमारी निरौला, योजना शाखा प्रमुख चेतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले नगरपालिकाले सञ्चालन गरेको टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने क्रममा पहाडी वडाका वासिन्दाले पशुप्राविधिक सेवा पाउन कठिन र महंगो भएको गुनाशो गरेपछि स्थानीय युवायुवतीहरुलाई तालिम सञ्चालनका लागि बजेट व्यवस्थापन गरि तालिम प्रदान गरिएको जनकारी दिनुभयो ।
उहाँले तालिममा सिकेका ज्ञानशीपलाई सदुपयोग गर्दै पशुपालन व्यवसायमा लाग्न तथा गाउँघरमा सेवा प्रदान गरि आयआर्जन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । तलिममा सहभागि भएकाहरुले लगनशिलताका साथ सेवा प्रदान गरेमा नगरपालिकाले थप सहयोग गर्दै जाने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।
यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले नगरका पहाडी क्षेत्रमा ठूलो संख्यामा बाख्रापालन हुने गरेको भएपनि उपचार सेवाका लागि समस्या भएको गुनाशो आएको आधारमा नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले तालिममा सहभागिहरुलाई पशुपालन व्यवसाय गर्नुका साथै अन्य पशुपालक कृषकहरुलाई सेवा प्रदान गरेर सिकेको ज्ञानशिप सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै पशु सेवा तालिम केन्द्रका कार्यालय प्रमुख कुमारसिंह खत्रीले स्थानीय तहहरुले पशुपालनलाई खासै महत्व नदिरहेको बेला लेटाङ नगरपालिकाले कृषि र पशु क्षेत्रलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले सहभागी युवायुवतीहरुले अनुसाशित भएर सक्रियतापूर्वक तालिममा सहभागिता जनाएको भन्दै सिकेका ज्ञानशिप सदुपयोग गरि सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेटाङका स्थानीय पशु प्राविधिक भूपाल राईले पशुप्राविधिक क्षेत्रमा काम गर्दाको आफ्नो संघर्ष र सफलता सुनाउँदै सहभागी प्रशिक्षार्थीहरुलाई उत्प्रेरणा जगाउनुभयो ।
कार्यक्रममा योजना शाखा प्रमुख चोतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ, पशु चिकित्सक जेनी लावती लगायतले पनि विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थीहरुले लेटाङ नगरपालिकाले निकै महत्वपूर्ण तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिएका छन् । उनीहरुले तालिम सैद्धान्तिक र प्रयोगात्मक सहति निकै उपयोगी र महत्वपूर्ण भएको बताउँदै गाउँघरमा गएर सेवा दिन सक्ने प्रतिवद्धता जनाएका छन् ।
लेटाङ १ थामडाँडाका रोहित मगरले तालिमबाट पशुको औषधि उपाचार विधि, आहार व्यवस्थापन, रोग पहिचान, रोगको लक्षण, खोर व्यवस्थापन लगायतका विषयमा धेरै महत्वपूर्ण ज्ञान हासिल गरेको बताउनुभयो । लेटाङ ७ आहालेकी विमला राईले निकै प्रभावकारी तालिम प्रदान गरेकोमा लेटाङ नगरपालिकालाई धन्यवाद दिँदै अब गाउँमा गएर पशुपालन र उपचार सेवामा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
पथरी अपडेट। नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ को सहसचिव पदमा युवा नेता गोविन्द लिम्बुले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका लिम्बु लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् । नेपाली विद्यार्थी संघको...
पथरी अपडेट । लोकप्रिय लोक गायक महेश बुढाथोकीले आफ्नो गृह नगर पथरी शनिश्चरेको सिरमा विराजमान भुल्के जालपा देवीलाई समर्पित नयाँ भजन सार्वजनिक गरेका छन । स्थानीयवासीको धार्मिक आस्था र विश्वाससँग जोडिएको भुल्के जालपा देवीको महिमालाई...
मोरङ। नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता नविन खड्का ‘केडी’ यसपटक पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन । मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे ८ का...
पथरी शनिश्चरे, मोरङ । पथरी शनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयमा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको...
पथरी अपडेट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थापना कालदेखि नै सक्रिय रहेका लोकबन्धु खत्री (लोकेन्द्र) आगामी स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षासहित सक्रिय भएका छन् । पथरी शनिश्चरे–८ का...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरेस्थित सिडलिङ मन्टेसरी विद्यालयमा इच्छुक तथा मन्टेसरी शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरूका लागि ६० घण्टे मन्टेसरी शिक्षक प्रशिक्षण सञ्चालन हुने भएको छ । शिक्षण पेशामा प्रवेश गर्न चाहने, आफ्नो...
विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पहिलोपटक वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा केही वर्षअघि सुरु गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । वडा नं. ८ का तीन वटा विद्यालयमा सञ्चालन...
पथरी अपडेट। पूर्वी नेपालको युवा टोलीले सीमित स्रोत–साधन र स्थानीय जनशक्तिको भरमा निर्माण गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो कथा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मोरङका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले हल प्रदर्शनपछि डिजिटल माध्यममा दर्शकमाझ आफ्नो...
पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ । शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...
पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...