महानायक राजेश हमालको उपस्थितिमा विश्वकै पहिलो कृषि रियालिटी गेम शो ले मनायो धान दिवस

महानायक राजेश हमालको उपस्थितिमा विश्वकै पहिलो कृषि रियालिटी गेम शो ले मनायो धान दिवस

,   Pathari Update

पथरी अपडेट
काठमाडौं । विश्वकै पहिलो कृषि रियालिटी गेम शो रः रिभोलुशनरी एग्रीकल्चर वारद्वारा आयोजित असार १५, धान दिवसको अवसरमा महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम गोदावरीको लेलेमा सम्पन्न भएको छ।

गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी ली.को सहकार्यमा आयोजित कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी ली.का प्रबन्ध निर्देशक भरत राज ढकाल, इसीमोडबाट डा.टाशी शेर्पा, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, वडा नं १० का अध्यक्ष शेखर न्यौपाने र कार्यपालिका सदस्य उमा महत लगायत विभिन्न संघ–संस्थाहरुबाट प्रतिनिधिहरु, पत्रकार, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय स्तरबाट धिमेबाजा तथा स्थानीय संस्कृति झल्किने गीत, असारे गीत तथा नृत्य प्रदर्शन गरिएको थियो।

कार्यक्रमबारे बोल्दै कृषि रियालिटी शो रका परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीले किसानलाई सेलीब्रीटी बनाउने तथा कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने उद्देश्यले अगाडि बढेको कृषि रियालिटी शोले प्रत्येक वर्ष असार १५ मा देशको विभिन्न स्थानमा धान दिवस मनाउने तथा मनोरञ्जन मार्फत जागरण फैलाउने उद्देश्य बोकेको जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै रियालिटी शोका महाहोस्ट तथा महानायक राजेश हमालले हामीले आफ्नो पृष्ठभूमि तथा कृषिको महत्त्व बिर्सिन थालेको, युवाहरू पलायन हुन थालेको जसको फलस्वरूप देश खाद्यान्नमा परनिर्भर हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो। रोपाइँमा, टग अफ वार खेल लगायतका विभिन्न गतिविधिमा संलग्न भई महानायक राजेश हमालले सबैको हौसला बढाउनु भएको थियो।

त्यसै गरि मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकालले युवाहरूलाई कृषि क्षेत्रमा संलग्न गराउन यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने तथा अब परम्परागत कृषि भन्दा माथि उठेर प्रविधिको प्रयोग गरी कृषि क्षेत्रलाई उकास्न सकिने बताउनु भएको थियो। कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्राविधिक टोलीले ड्रोन मार्फत तरल मल छर्ने प्रविधि प्रदर्शन पनि गरेको थियो।

कार्यक्रमबारे बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले देश विकासमा टेवा पु¥याउन कृषि तथा पशुपन्छी विकासमा गोदावरी नगरपालिकाले विशेष पहल गर्दै गरेको तथा आगामी आर्थिक वर्षमा थप पहल गर्ने जानकारी गराउनु भयो।

गत वर्ष असार १५ कै दिन ललितपुरको खोकनामा एक विशेष कार्यक्रम गरी कृषि रियालिटी गेम शो रको आवेदन आह्वान गरिएको थियो। कार्यक्रममा देशभरिको ७७ वटै जिल्लाहरूबाट १६८२ जनाले आवेदन दिएका थिए। जसमध्ये शीर्ष १०० जनालाई व्यक्तिगत अन्तरवार्ता चरण, तालीम तथा जनसम्पर्क विस्तार जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूमा समावेश गरिएको थियो। शीर्ष १०० बाट शीर्ष १२ किसान तथा शीर्ष १२ कृषि प्राविधिकहरूको सहभागिता रहेको कार्यक्रमको ६ वटा एपिसोडको छायाङ्कन शंखरापुर नगरपालिकाको कात्तिकेमा सम्पन्न भएको थियो। कार्यक्रम हिमालय टेलिभिजन तथा ओएसआर रियालिटीबाट भदौमा प्रसारण हुने छ।

adv-single
सम्बन्धित समाचार

मोरङ-२ मा सहसचिवको उम्मेदवार गोविन्द लिम्बु

पथरी अपडेट। नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ को सहसचिव पदमा युवा नेता गोविन्द लिम्बुले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका लिम्बु लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् । नेपाली विद्यार्थी संघको...

गृह नगरको धार्मिक आस्थालाई समेट्दै महेश बुढाथोकीले ल्याए ‘भुल्के देवी जाउँ’

पथरी अपडेट । लोकप्रिय लोक गायक महेश बुढाथोकीले आफ्नो गृह नगर पथरी शनिश्चरेको सिरमा विराजमान भुल्के जालपा देवीलाई समर्पित नयाँ भजन सार्वजनिक गरेका छन ।  स्थानीयवासीको धार्मिक आस्था र विश्वाससँग जोडिएको भुल्के जालपा देवीको महिमालाई...

विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा नविन खड्का ‘केडी’

मोरङ। नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता नविन खड्का ‘केडी’ यसपटक पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन । मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे ८ का...

पूर्व विद्यार्थीको मायाले बदलिँदै भागीरथ माविको मुहार, आकर्षक मूल प्रवेशद्वारको शिलान्यास

पथरी शनिश्चरे, मोरङ । पथरी शनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयमा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको...

पथरी शनिश्चरे ८ मा वडाध्यक्षका लागि लोकबन्धु खत्रीको आकांक्षा

पथरी अपडेट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थापना कालदेखि नै सक्रिय रहेका लोकबन्धु खत्री (लोकेन्द्र) आगामी स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षासहित सक्रिय भएका छन् । पथरी शनिश्चरे–८ का...

पथरीमा मन्टेसरी शिक्षक तालिम सञ्चालन हुँदै

पथरी अपडेट। मोरङको पथरी शनिश्चरेस्थित सिडलिङ मन्टेसरी विद्यालयमा इच्छुक तथा मन्टेसरी शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरूका लागि ६० घण्टे मन्टेसरी शिक्षक प्रशिक्षण सञ्चालन हुने भएको छ ।  शिक्षण पेशामा प्रवेश गर्न चाहने, आफ्नो...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा दिउँसै चोरी

विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई...

पथरी शनिश्चरे-८ मा ‘शिक्षासँगै सीप’ कार्यक्रम प्रभावकारी, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक ज्ञान 

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पहिलोपटक वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा केही वर्षअघि सुरु गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । वडा नं. ८ का तीन वटा विद्यालयमा सञ्चालन...

‘तिम्रो मेरो कथा’ युट्युबमा, पूर्वका दर्शकबाट पाएको थियो उत्साहजनक साथ

पथरी अपडेट। पूर्वी नेपालको युवा टोलीले सीमित स्रोत–साधन र स्थानीय जनशक्तिको भरमा निर्माण गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो कथा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मोरङका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले हल प्रदर्शनपछि डिजिटल माध्यममा दर्शकमाझ आफ्नो...

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...