आफुलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको शिवशक्ति बाबाको दाबी
मङ्गलबार, ०७ साउन, २०८२,
Pathari Update
पथरी अपडेट लेटाङ । शिवशक्ति बाबाको नामबाट चर्चित लेटाङ ९ जाँतेका सुजनकुमार पूर्वछाने मगरले आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको दाबी गर्नु भएको छ ।
मंगलबार लेटाङ ९ जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रामधुनी सुनसरीमा आयोजित धार्मिक कार्यक्रमकाबीच गत असार २७ गते आफुलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको बताउनु भएको हो ।
रामधुनी सुनसरीमा, नरेन्द्र मोदी विचार मञ्च भारत, अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन र विश्व वैदिक गुरुकुल फाउन्डेसन माँ नर्मदा देवी कलश यात्रा (१०८ देश) द्वारा आयोजित सनातन धर्म सम्मान समारोह कार्यक्रममा आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भारतमा हुने आगामी कुम्भ मेलामा आफुलाई औपचारिकरुपमा “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिने पनि जानकारी दिनुभयो । उहाँले आफुलाई पढेर नभइ जन्मसिद्ध प्राप्त दैविक शक्तिका कारण “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाको सचिवालयका सचिव बासुदेव सिजाली मगरले रामधुनी सुनसरीमा आयोजित कार्यक्रममा शिवशक्ति बाबालाई अन्य ३ वटा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पनि प्राप्त भएको जानकारी दिनुभयो ।
शिवशक्ति बाबालाई विश्व दैविक शक्ति महारत्न अवार्ड २०२५, अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५ र जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको व्यक्तिको रुपमा मानार्थ डाक्टर उपाधि प्रदान गरिएको सिजाली मगरले जानकारी दिनुभयो ।
शिवशक्ति बाबालाई वैदिक सनातन धर्म प्रचार प्रसार गरि सनातन सभ्यताको संरक्षण एवं दैविक शक्तिद्वारा समाज सेवा गरे वापत सम्मान गरिएको जनाइएको छ । यस्तै रामधुनी सुनसरीमा आयोजित कार्यक्रमकैबीच इन्टीच्युट अफ इन्टरप्रेनरशीप एण्ड म्यानेजमेन्ट स्टडीज आइइएमएस द्वारा शिवशक्ति बाबालाई अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५ र जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको व्यक्तिको रुपमा मानार्थ डाक्टर ज्यलयचबचथ म्यअतयचबतभ ९ज्यलयचष्क ऋबगकब० को उपाधि पनि प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
शिवशक्ति बाबालाई अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च तथा विश्व वैदिक गुरुकुल फाउन्डेसन (१०८ देश) को धार्मिक, साँस्कृतिक विभागको संयोजकमा नियुक्त गरि अन्तर्राष्ट्रिय जिम्मेवारी समेत प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आगामी साउन २६ गते विधिवत रूपमा अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च अन्तर्गत १४ सनातनि अखडाद्वारा श्री श्री श्री १००८ राम स्वामी शिरोमणि दास लल्लि महाराज एवं श्री श्री श्री १००८ बालकानन्द गिरि जि महाराज ज्यु को समुपस्थितिमा शिवशक्ति बाबा धाम, त्रिकालेश्वर मन्दिरमा पुजा आराधनासँगै विशेष समारोहको आयोजना गरि शिवशक्ति बाबालाई विशेष सम्मान सहित बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाले आफूमा जन्मसिद्ध दैविक शक्ति रहेको र सो शक्तिको सदुपयोग गर्दै विभिन्न दुःखविराममा परेकाहरुको उपचार गर्दै आएको जानकारी दिनु भएको छ ।
आफुलाई सानैमा वनझांक्रीले लगेपछि यस्तो दैविक शक्ति प्राप्त भएको बताउँदै उहाँले खासगरि प्यारालाइसिस, बोली नआउने र जंगली लागेको विरामीलाई उपचार गर्ने गरेको जानकारी दिनुभयो । यसरी दैविक शक्तिद्वारा दुःखविराममा परेकाहरुको सेवा गरेको तथा दिनदुःखीहरुलाई आर्थिक तथा भौतिक सहयोग समेत गर्दै आएकाले आफूलाई विभिन्न संघसँस्थाहरुले सम्मान गरेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाले आगमी फागुनमा लेटाङ ९ जाँतेस्थित आफ्नो आश्रममा कोटीहोम शिवपुराण आयोजना गर्ने पनि जानकारी दिनु भएको छ । सो कोटीहोम शिवपुराणमा नेपाल र भारतका प्रशिद्ध कथावाचक र धर्मगुरुहरुको विशेष सहभागिता रहने पनि उहाँले जानकारी दिनुभयो ।
शिवशक्ति बाबाका गुरु स्वयम् भगवान शिव रहेको र उहाँले आफ्ना गुरुबाट जन्मसिद्ध रुपमा प्राप्त दैविक शक्तिलाई दिनदुःखीको सेवामा लगाउँदै आएको सचिवालयले जनाएको छ ।
उहाँले २०५३ सालदेखि भगवान शिवको पूजाआराधना गर्नु भएकोमा २०७३ देखि आफ्नै निवासमा शिवशक्ति बाबाधाम त्रिकालेश्वर शिवालय मन्दिर स्थापना गरि विश्व शान्ति पूजा गरि आफूलाई प्राप्त दैविक ज्ञानको सदुपयोग गर्दै दुःखविराम परेकाहरुको सेवा गर्दै आउनु भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ । हातले छोएकै भरमा धेरै जनाको दुःखविराम निको भएको तथा केही समयको सेवा र उपचार पश्चात निकै कष्ट रोगहरुबाट समेत धेरैले छुटकारा पाएको सचिवलायले दावी गरेको छ ।
पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ । शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...
पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...
मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...
काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...
पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ । आज वडा नं. ३ को...
पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ । आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...
पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...
पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...
पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...