आफुलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको शिवशक्ति बाबाको दाबी

आफुलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको शिवशक्ति बाबाको दाबी

,   Pathari Update

पथरी अपडेट
लेटाङ । शिवशक्ति बाबाको नामबाट चर्चित लेटाङ ९ जाँतेका सुजनकुमार पूर्वछाने मगरले आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको दाबी गर्नु भएको छ ।

मंगलबार लेटाङ ९ जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रामधुनी सुनसरीमा आयोजित धार्मिक कार्यक्रमकाबीच गत असार २७ गते आफुलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको बताउनु भएको हो ।

रामधुनी सुनसरीमा, नरेन्द्र मोदी विचार मञ्च भारत, अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन र विश्व वैदिक गुरुकुल फाउन्डेसन माँ नर्मदा देवी कलश यात्रा (१०८ देश) द्वारा आयोजित सनातन धर्म सम्मान समारोह कार्यक्रममा आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भारतमा हुने आगामी कुम्भ मेलामा आफुलाई औपचारिकरुपमा “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिने पनि जानकारी दिनुभयो ।
उहाँले आफुलाई पढेर नभइ जन्मसिद्ध प्राप्त दैविक शक्तिका कारण “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाको सचिवालयका सचिव बासुदेव सिजाली मगरले रामधुनी सुनसरीमा आयोजित कार्यक्रममा शिवशक्ति बाबालाई अन्य ३ वटा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पनि प्राप्त भएको जानकारी दिनुभयो ।

शिवशक्ति बाबालाई विश्व दैविक शक्ति महारत्न अवार्ड २०२५, अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५ र जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको व्यक्तिको रुपमा मानार्थ डाक्टर उपाधि प्रदान गरिएको सिजाली मगरले जानकारी दिनुभयो ।

शिवशक्ति बाबालाई वैदिक सनातन धर्म प्रचार प्रसार गरि सनातन सभ्यताको संरक्षण एवं दैविक शक्तिद्वारा समाज सेवा गरे वापत सम्मान गरिएको जनाइएको छ ।   
यस्तै रामधुनी सुनसरीमा आयोजित कार्यक्रमकैबीच इन्टीच्युट अफ इन्टरप्रेनरशीप एण्ड म्यानेजमेन्ट स्टडीज आइइएमएस द्वारा शिवशक्ति बाबालाई अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५ र जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको व्यक्तिको रुपमा मानार्थ डाक्टर ज्यलयचबचथ म्यअतयचबतभ ९ज्यलयचष्क ऋबगकब० को उपाधि पनि प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

शिवशक्ति बाबालाई अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च तथा विश्व वैदिक गुरुकुल फाउन्डेसन (१०८ देश) को धार्मिक, साँस्कृतिक विभागको संयोजकमा नियुक्त गरि अन्तर्राष्ट्रिय जिम्मेवारी समेत प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आगामी साउन २६ गते विधिवत रूपमा अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च अन्तर्गत १४ सनातनि अखडाद्वारा श्री श्री श्री १००८ राम स्वामी शिरोमणि दास लल्लि महाराज एवं  श्री श्री श्री १००८ बालकानन्द गिरि जि महाराज ज्यु को समुपस्थितिमा शिवशक्ति बाबा धाम, त्रिकालेश्वर मन्दिरमा पुजा आराधनासँगै विशेष समारोहको आयोजना गरि शिवशक्ति बाबालाई विशेष सम्मान सहित बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाले आफूमा जन्मसिद्ध दैविक शक्ति रहेको र सो शक्तिको सदुपयोग गर्दै विभिन्न दुःखविराममा परेकाहरुको उपचार गर्दै आएको जानकारी दिनु भएको छ ।

आफुलाई सानैमा वनझांक्रीले लगेपछि यस्तो दैविक शक्ति प्राप्त भएको बताउँदै उहाँले खासगरि प्यारालाइसिस, बोली नआउने र जंगली लागेको विरामीलाई उपचार गर्ने गरेको जानकारी दिनुभयो । यसरी दैविक शक्तिद्वारा दुःखविराममा परेकाहरुको सेवा गरेको तथा दिनदुःखीहरुलाई आर्थिक तथा भौतिक सहयोग समेत गर्दै आएकाले आफूलाई विभिन्न संघसँस्थाहरुले सम्मान गरेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाले आगमी फागुनमा लेटाङ ९ जाँतेस्थित आफ्नो आश्रममा कोटीहोम शिवपुराण आयोजना गर्ने पनि जानकारी दिनु भएको छ । सो कोटीहोम शिवपुराणमा नेपाल र भारतका प्रशिद्ध कथावाचक र धर्मगुरुहरुको विशेष सहभागिता रहने पनि उहाँले जानकारी दिनुभयो ।


शिवशक्ति बाबाका गुरु स्वयम् भगवान शिव रहेको र उहाँले आफ्ना गुरुबाट जन्मसिद्ध रुपमा प्राप्त दैविक शक्तिलाई दिनदुःखीको सेवामा लगाउँदै आएको सचिवालयले जनाएको छ ।

उहाँले २०५३ सालदेखि भगवान शिवको पूजाआराधना गर्नु भएकोमा २०७३ देखि आफ्नै निवासमा शिवशक्ति बाबाधाम त्रिकालेश्वर शिवालय मन्दिर स्थापना गरि विश्व शान्ति पूजा गरि आफूलाई प्राप्त दैविक ज्ञानको सदुपयोग गर्दै दुःखविराम परेकाहरुको सेवा गर्दै आउनु भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ । हातले छोएकै भरमा धेरै जनाको दुःखविराम निको भएको तथा केही समयको सेवा र उपचार पश्चात निकै कष्ट रोगहरुबाट समेत धेरैले छुटकारा पाएको सचिवलायले दावी गरेको छ ।

adv-single
सम्बन्धित समाचार

मोरङ-२ मा सहसचिवको उम्मेदवार गोविन्द लिम्बु

पथरी अपडेट। नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ को सहसचिव पदमा युवा नेता गोविन्द लिम्बुले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका लिम्बु लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् । नेपाली विद्यार्थी संघको...

गृह नगरको धार्मिक आस्थालाई समेट्दै महेश बुढाथोकीले ल्याए ‘भुल्के देवी जाउँ’

पथरी अपडेट । लोकप्रिय लोक गायक महेश बुढाथोकीले आफ्नो गृह नगर पथरी शनिश्चरेको सिरमा विराजमान भुल्के जालपा देवीलाई समर्पित नयाँ भजन सार्वजनिक गरेका छन ।  स्थानीयवासीको धार्मिक आस्था र विश्वाससँग जोडिएको भुल्के जालपा देवीको महिमालाई...

विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा नविन खड्का ‘केडी’

मोरङ। नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता नविन खड्का ‘केडी’ यसपटक पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन । मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे ८ का...

पूर्व विद्यार्थीको मायाले बदलिँदै भागीरथ माविको मुहार, आकर्षक मूल प्रवेशद्वारको शिलान्यास

पथरी शनिश्चरे, मोरङ । पथरी शनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयमा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको...

पथरी शनिश्चरे ८ मा वडाध्यक्षका लागि लोकबन्धु खत्रीको आकांक्षा

पथरी अपडेट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थापना कालदेखि नै सक्रिय रहेका लोकबन्धु खत्री (लोकेन्द्र) आगामी स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षासहित सक्रिय भएका छन् । पथरी शनिश्चरे–८ का...

पथरीमा मन्टेसरी शिक्षक तालिम सञ्चालन हुँदै

पथरी अपडेट। मोरङको पथरी शनिश्चरेस्थित सिडलिङ मन्टेसरी विद्यालयमा इच्छुक तथा मन्टेसरी शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरूका लागि ६० घण्टे मन्टेसरी शिक्षक प्रशिक्षण सञ्चालन हुने भएको छ ।  शिक्षण पेशामा प्रवेश गर्न चाहने, आफ्नो...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा दिउँसै चोरी

विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई...

पथरी शनिश्चरे-८ मा ‘शिक्षासँगै सीप’ कार्यक्रम प्रभावकारी, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक ज्ञान 

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पहिलोपटक वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा केही वर्षअघि सुरु गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । वडा नं. ८ का तीन वटा विद्यालयमा सञ्चालन...

‘तिम्रो मेरो कथा’ युट्युबमा, पूर्वका दर्शकबाट पाएको थियो उत्साहजनक साथ

पथरी अपडेट। पूर्वी नेपालको युवा टोलीले सीमित स्रोत–साधन र स्थानीय जनशक्तिको भरमा निर्माण गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो कथा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मोरङका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले हल प्रदर्शनपछि डिजिटल माध्यममा दर्शकमाझ आफ्नो...

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...