सार्वजनिक लेखा समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको छ: सभापति पोखरेल

सार्वजनिक लेखा समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको छ: सभापति पोखरेल

,   Pathari Update

पथरी अपडेट
बिराटनगर। सार्वजनिक लेखा समितिका सभापति माननीय ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल, जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण विषयमा निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी गराए ।

उनका अनुसार सार्वजनिक लेखा समिति सरकारी खर्चको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्ने संवैधानिक संरचना हो । मुलुकको वित्तीय अनुशासन कायम राख्न, करदाताको पैसाको सदुपयोग गर्न र राज्यको सम्पत्तिको दुरुपयोग रोक्न समिति सक्रिय रहेको उनले बताए ।

“काम गर्ने क्रममा अनगिन्ती चुनौती र विवाद आए पनि सुधारका कोसिसहरू गरिएको छ,” पोखरेलले भने, “जसले नेपालको लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक लेखा समितिको भूमिकालाई अझ महत्वपूर्ण बनाएको छ ।”

सभापति पोखरेलका अनुसार सार्वजनिक वित्त व्यवस्थापनमा बेरुजु वर्षौंदेखि ठूलो चुनौतीका रूपमा देखिँदै आएको छ । उनले भने, “महालेखा परीक्षकको ६० औँ प्रतिवेदनले ५ खर्ब ८७ अर्ब ३४ करोड बेरुजु देखाएको थियो। पछिल्ला दुई वर्षमै यो बढेर ७ खर्ब ३३ अर्ब १९ करोडसम्म पुगेको छ । कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकमसमेत जोड्दा जम्मा बेरुजु १२ अर्ब ८४ करोड २१ लाख पुगेको छ ।”

समितिले २२ महिनामा गरेका कामको चर्चा गर्दै पोखरेलले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयसँग मात्र ४३ अर्बभन्दा बढी बेरुजु बाँकी रहेको बताए।  समग्रमा बेरुजु फछ्यौट नगर्दा राज्यको ढुकुटीमा ठूलो दबाब परेको र करदाताको पैसामाथि प्रश्न उठिरहेको उल्लेख गरे ।

सभापति पोखरेलले महालेखा परीक्षकको कार्यालय, सार्वजनिक लेखा समिति र सरकारबीचको समपरीक्षण विषयमा देखिएको तीव्र अन्तर्विरोध, सरकारी ढुकुटीको प्रयोगमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको निष्क्रियता, ढिलासुस्ती र कारबाही प्रक्रियामा देखिएका कमजोरीहरूका कारण चुनौती थपिएको बताए। तर पनि समितिले महालेखा परीक्षक, संसदका महासचिव, मुख्य सचिव, अर्थ सचिव र कानुन सचिव सम्मिलित संयन्त्र बनाएर कानुनी समस्या हल गर्ने प्रयास गरेको जानकारी दिए ।

बेरुजु फछ्यौटका लागि अचुत मैनालीको नेतृत्वमा समिति गठन गरेर सक्रियता देखाइएको र सार्वजनिक महत्वका विषयमा सामूहिक निर्णय गर्ने अभ्यास पनि सुरु गरिएको उनले बताए । समितिको छलफल र निगरानीकै आधारमा महालेखा परीक्षकको कार्यालयले १४ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ राज्य कोषमा दाखिला गरेको, जसले बजेट प्रणाली, सार्वजनिक सम्पत्ति व्यवस्थापन र राजस्व असुलीमा सुधारका संकेत देखाएको पनि पोखरेलले बताए ।

सार्वजनिक लेखा समितिले बेरुजु मात्र होइन, उच्च सार्वजनिक चासोका विषयमा पनि बहस र निर्णय गरेको छ। सुन तस्करी प्रकरणमा छानबिनको आदेश दिँदा देशको सुरक्षा र न्याय प्रणालीमा ठूलो चर्चा भएको, आईपीओ र धितोपत्र बजारमा ९०% नेटवर्थको ग्यारेन्टी जस्ता निर्णयले लगानीकर्ताको सुरक्षामा सहयोग गरेको उनले उल्लेख गरे ।

विमा क्षेत्रमा कुईट विमा फिर्ता गराउने, प्रिमियममा पुँजी जारी गर्न रोक लगाउने र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने जस्ता निर्णयले सुधार आएको उनको भनाइ थियो । लुम्बिनी रामग्राम क्षेत्रलाई ९९ वर्षे लिज दिएको निर्णय उल्टाएर राष्ट्रिय सम्पदाको संरक्षण गरिएको, रामदेवको ट्रस्टलगायतका संस्थाले दुरुपयोग गरेका जमिन फिर्ता गराउन प्रयास गरिएको र टेरामक्स प्रकरणमा अख्तियारलाई छानबिन आदेश दिएको पनि उनले बताए ।

एनसेलको राजस्व बक्यौता असुली, इन्टरनेट प्रदायक कम्पनीहरूको बक्यौता, नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालयका ठूला टेण्डर, विद्युतीय उपकरण खरिदका अनियमिततामा समेत समितिले चासो देखाएको पोखरेलले बताए । उनले भने, “विद्युतीय ट्रान्सफर्मरहरू अलपत्र हुनु, जमिन खरिदमा अनियमितता र वितरण प्रणालीमा पहुँचको प्रश्न समितिले उजागर गरेको छ ।”
विद्युत प्राधिकरणको ट्रायल पिरियड, टोड डाटा मिटर नहुनु, महँगो विज्ञापन खर्च, कर तिरेर बोनस वितरण जस्ता संवेदनशील विषयहरू समितिको निगरानीमा परेको उल्लेख गरे ।

सार्वजनिक लेखा समितिले सिमेन्ट, मल, दूध, फलामजस्ता अत्यावश्यक वस्तुको मूल्य अनुगमन, सिँचाइ र खानेपानी शुल्क सम्बन्धी निर्णय, राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्तीमाथि निर्देशन जस्ता विषयमा पनि निर्णय गरेको पोखरेलले जानकारी दिए ।


एनजिओ र आईएनजिओ नियमनका क्षेत्रमा समिति अझ कडा बनेको र संवेदनशील क्षेत्रमा लगानी रोक्ने, कार्य अवधि सकिएपछि सम्पत्ति राज्यलाई हस्तान्तरण गराउने र प्रगति विवरण सार्वजनिक गर्ने जस्ता निर्णयले पारदर्शिता र जवाफदेहिता बढाएको उनले बताए ।

सभापति पोखरेलले समितिको निर्णयहरूले सार्वजनिक वित्त प्रणालीलाई सुधार्ने दिशामा सकारात्मक संकेत देखाएको भए पनि अझै ढुकुटीको गैरजिम्मेवार परिचालन, कर्मचारीतन्त्र र नीतिनिर्माण तहमा स्वार्थ बाझिने व्यक्तिहरुको प्रभाव जस्ता चुनौती कायम रहेको बताए ।

उनले समितिले उठाएका प्रश्न र गरेको निगरानीले करदाताको पैसाको रक्षाका लागि लोकतान्त्रिक प्रणालीभित्रै सुधार आवश्यक रहेको बताउँदै यस यात्रामा समिति मात्र होइन, संसद, कार्यपालिका, कर्मचारीतन्त्र र सम्पूर्ण नागरिक समाजको सचेत भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।

adv-single
सम्बन्धित समाचार

मोरङ-२ मा सहसचिवको उम्मेदवार गोविन्द लिम्बु

पथरी अपडेट। नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ को सहसचिव पदमा युवा नेता गोविन्द लिम्बुले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका लिम्बु लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् । नेपाली विद्यार्थी संघको...

गृह नगरको धार्मिक आस्थालाई समेट्दै महेश बुढाथोकीले ल्याए ‘भुल्के देवी जाउँ’

पथरी अपडेट । लोकप्रिय लोक गायक महेश बुढाथोकीले आफ्नो गृह नगर पथरी शनिश्चरेको सिरमा विराजमान भुल्के जालपा देवीलाई समर्पित नयाँ भजन सार्वजनिक गरेका छन ।  स्थानीयवासीको धार्मिक आस्था र विश्वाससँग जोडिएको भुल्के जालपा देवीको महिमालाई...

विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा नविन खड्का ‘केडी’

मोरङ। नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता नविन खड्का ‘केडी’ यसपटक पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन । मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे ८ का...

पूर्व विद्यार्थीको मायाले बदलिँदै भागीरथ माविको मुहार, आकर्षक मूल प्रवेशद्वारको शिलान्यास

पथरी शनिश्चरे, मोरङ । पथरी शनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयमा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको...

पथरी शनिश्चरे ८ मा वडाध्यक्षका लागि लोकबन्धु खत्रीको आकांक्षा

पथरी अपडेट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थापना कालदेखि नै सक्रिय रहेका लोकबन्धु खत्री (लोकेन्द्र) आगामी स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षासहित सक्रिय भएका छन् । पथरी शनिश्चरे–८ का...

पथरीमा मन्टेसरी शिक्षक तालिम सञ्चालन हुँदै

पथरी अपडेट। मोरङको पथरी शनिश्चरेस्थित सिडलिङ मन्टेसरी विद्यालयमा इच्छुक तथा मन्टेसरी शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरूका लागि ६० घण्टे मन्टेसरी शिक्षक प्रशिक्षण सञ्चालन हुने भएको छ ।  शिक्षण पेशामा प्रवेश गर्न चाहने, आफ्नो...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा दिउँसै चोरी

विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई...

पथरी शनिश्चरे-८ मा ‘शिक्षासँगै सीप’ कार्यक्रम प्रभावकारी, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक ज्ञान 

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पहिलोपटक वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा केही वर्षअघि सुरु गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । वडा नं. ८ का तीन वटा विद्यालयमा सञ्चालन...

‘तिम्रो मेरो कथा’ युट्युबमा, पूर्वका दर्शकबाट पाएको थियो उत्साहजनक साथ

पथरी अपडेट। पूर्वी नेपालको युवा टोलीले सीमित स्रोत–साधन र स्थानीय जनशक्तिको भरमा निर्माण गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो कथा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मोरङका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले हल प्रदर्शनपछि डिजिटल माध्यममा दर्शकमाझ आफ्नो...

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...