मोरङमा पहिलो पटक पंजालडाई प्रतियोगिता, को-को बिजयी बने ?
शनिबार, १४ भदौ, २०८२,
Pathari Update
पथरी । मोरङको पथरी शनिश्चरेमा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता सम्पन्न भएको छ । शनिबार वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२’ भव्य रुपमा सम्पन्न गरिएको हो ।
कार्यक्रम जिम हलका सञ्चालक लोक तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । संयोजक विशाल बर्देवाले स्वागत मन्तव्य दिँदै प्रतियोगिताबारे विस्तृत जानकारी दिएका थिए । प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईबीचको पञ्जा लडाइँबाट प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको थियो ।
उद्घाटन सत्रमा बोल्दै सुस्लिङले परम्परागत रूपमा मेलापातमा रमाइलोका लागि खेलिने पञ्जा लडाइँ पहिलो पटक प्रतियोगितात्मक रूपमा सुरु भएकोमा खुशी व्यक्त गरे । उनले नेपालमा यो खेल अझै खेल सङ्घ–संस्थाले औपचारिक मान्यता नदिए पनि युवाबीच लोकप्रिय हुँदै गएको बताए । त्यस्तै वडा नं. ७ का वडाध्यक्ष उद्धब बस्नेतले युवा पुस्तालाई दुव्र्यसनीबाट टाढा राख्न यस्ता गतिविधिले ठूलो योगदान गर्ने उल्लेख गर्दै परम्परागत खेललाई निरन्तरता दिन वडाबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सुमन कुरुङबाङले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ८ का अध्यक्ष नविन कार्की, वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, समाजसेवी गंगा साँवा, भागिरथ मावि व्यवस्थापन समिति अध्यक्ष पर्शुराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा तीन तौल समूहका प्रतिस्पर्धीबीच प्रतिष्पर्धा गरिएको थियो । प्रतियोगितामा ०–५५ केजी समूह नारायण सुन्दास प्रथम, आर्यन श्रेष्ठ दोस्रो, उजन तामाङ तेस्रो भए । त्यस्तै ५५–६५ केजी समूहमा विश्वास थापा प्रथम, सुजन विश्वकर्मा दोस्रो, प्रवेश लिम्बु तेस्रो र ६५–७५ केजी समूह मौशम लिम्बु प्रथम, सुमन लिम्बु दोस्रो, शुक्र विश्वकर्मा तेस्रो घोषित भए । विजेताहरूले क्रमशः ५, ३ र २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
पञ्जा लडाई अझै औपचारिक खेलको रूपमा स्थापित नभए पनि पछिल्लो समय विभिन्न जिल्लामा यसको आकर्षण बढ्दै गएको छ । काठमाडौं उपत्यकामा केही वर्षयता फिटनेस क्लबहरूले अन्तर–जिल्ला प्रतियोगिता आयोजना गर्दै आएका छन् । पोखरा, चितवन, धरान र इटहरीमा समेत यस खेलका प्रतिस्पर्धा हुँदै आएका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भने अझै यो खेल दर्ता भइसकेको छैन ।
पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ । शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...
पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...
पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...
मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...
काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...
पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ । आज वडा नं. ३ को...
पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ । आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...
पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...
पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...
पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...