लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान

लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान

 Pathari Update

लेटाङ । लेटाङ नगरपालिकाले नगरको पहाडी क्षेत्रका युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको छ । नगरपालिकाले खासगरि वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ को पहाडी क्षेत्रका बाख्रापालक कृषकहरुको समस्या समाधान गर्ने उद्देश्यका साथ त्यसक्षेत्रका १० जना युवायुवतीहरुलाई १ महिने ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको हो ।

नगरपालिकाले सूचना प्रकशित गरि १० जना युवायुवती छनौट गरेर पशु सेवा तालिम केन्द्र दुहवीमा पठाएर कार्तीक  १६ गतेदेखि मंसिर १९ गतेसम्म खाना बस्न सहित १ महिने तालिम प्रदान गरेको योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो ।

शुक्रबार तालिम लिएका युवायुवतिहरुलाई प्रमाणपत्र प्रदान गरि तालिमको समापन गरिएको छ । पशु सेवा तालिम केन्द्र दुवहीका कार्यालय प्रमुख कुमारसिंह खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । 

सो अवसरमा उपप्रमुख कृष्णकुमारी निरौला, योजना शाखा प्रमुख चेतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले नगरपालिकाले सञ्चालन गरेको टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने क्रममा पहाडी वडाका वासिन्दाले पशुप्राविधिक सेवा पाउन कठिन र महंगो भएको गुनाशो गरेपछि स्थानीय युवायुवतीहरुलाई तालिम सञ्चालनका लागि बजेट व्यवस्थापन गरि तालिम प्रदान गरिएको जनकारी दिनुभयो । 

उहाँले तालिममा सिकेका ज्ञानशीपलाई सदुपयोग गर्दै पशुपालन व्यवसायमा लाग्न तथा गाउँघरमा सेवा प्रदान गरि आयआर्जन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । तलिममा सहभागि भएकाहरुले लगनशिलताका साथ सेवा प्रदान गरेमा नगरपालिकाले थप सहयोग गर्दै जाने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले नगरका पहाडी क्षेत्रमा ठूलो संख्यामा बाख्रापालन हुने गरेको भएपनि उपचार सेवाका लागि समस्या भएको गुनाशो आएको आधारमा नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले तालिममा सहभागिहरुलाई पशुपालन व्यवसाय गर्नुका साथै अन्य पशुपालक कृषकहरुलाई सेवा प्रदान गरेर सिकेको ज्ञानशिप सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  

यस्तै पशु सेवा तालिम केन्द्रका कार्यालय प्रमुख कुमारसिंह खत्रीले स्थानीय तहहरुले पशुपालनलाई खासै महत्व नदिरहेको बेला लेटाङ नगरपालिकाले कृषि र पशु क्षेत्रलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले सहभागी युवायुवतीहरुले अनुसाशित भएर सक्रियतापूर्वक तालिममा सहभागिता जनाएको भन्दै सिकेका ज्ञानशिप सदुपयोग गरि सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा लेटाङका स्थानीय पशु प्राविधिक भूपाल राईले पशुप्राविधिक क्षेत्रमा काम गर्दाको आफ्नो संघर्ष र सफलता सुनाउँदै सहभागी प्रशिक्षार्थीहरुलाई उत्प्रेरणा जगाउनुभयो । 

कार्यक्रममा योजना शाखा प्रमुख चोतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ, पशु चिकित्सक जेनी लावती लगायतले पनि विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थीहरुले लेटाङ नगरपालिकाले निकै महत्वपूर्ण तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिएका छन् । उनीहरुले तालिम सैद्धान्तिक र प्रयोगात्मक सहति निकै उपयोगी र महत्वपूर्ण भएको बताउँदै गाउँघरमा गएर सेवा दिन सक्ने प्रतिवद्धता जनाएका छन् । 

लेटाङ १ थामडाँडाका रोहित मगरले तालिमबाट पशुको औषधि उपाचार विधि, आहार व्यवस्थापन, रोग पहिचान, रोगको लक्षण, खोर व्यवस्थापन लगायतका विषयमा धेरै महत्वपूर्ण ज्ञान हासिल गरेको बताउनुभयो । लेटाङ ७ आहालेकी विमला राईले निकै प्रभावकारी तालिम प्रदान गरेकोमा लेटाङ नगरपालिकालाई धन्यवाद दिँदै अब गाउँमा गएर पशुपालन र उपचार सेवामा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

adv-single
सम्बन्धित समाचार

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...

पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी विविध विषयमा छलफल

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...

यम बुद्ध छात्रवृत्ति कोष स्थापना गर्न डा. सुनिल शर्माको १० लाख सहयोग

मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...

रास्वपा र बालेन्द्र शाहबीच वृहत् एकता सहमति

काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...

पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ

पथरी। ‘भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाऔं, स्वस्थ पशु उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ पथरी शनिश्चरेमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको शुभारम्भ भएको छ ।  आज वडा नं. ३ को...

वडा नं. ५ र ६ मा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’

पथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को हसन्दहमा ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ सम्पन्न भएको छ ।  आज वडाको आ–आफ्नै सभाहलमा उप–प्रमुख देविमाया काफ्लेले ‘विपन्न नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको...

नगर उप–प्रमुख काफ्लेद्वारा न्यानो कपडा वितरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा...

नगरपालिकाद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण

पथरी। पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन...

डिटेल एजुकेशन कन्सल्टेन्सीले गर्यो पिआर चलचित्रकी नायिका कार्कीलाई स्वागत सम्मान 

पथरी। डिटेल एजुकेशन कन्सल्टेन्सी पथरी शाखाले प्रदर्शनरत चलचित्र पीआर की नव नायिका विनिता कार्कीलाई स्वागत तथा सम्मान गरेको छ । चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी पथरी शनिश्चरेकी नायिका कार्कीको सम्मानमा कन्सल्टेन्सीले विशेष स्वागत कार्यक्रम आयोजना गरेको...

नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो । नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य...